काठमाडौँ, १० कात्तिक
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ । सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य रु तीन हजार ९९५ कायम भएको थियो । –––









प्रतिक्रिया