खोज–अनुसन्धान

लुम्बिनी प्रदेश मन्त्रीपरिषद्ले गर्यो ७ निर्णय :प्रतिष्ठान विज्ञमा थापा नियुक्त




वुटवल २६ माघ ।लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले सातवटा निर्णयहरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जसअनुसार प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरवन्दीहरु २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सूचना तथा संचार प्रविधि प्रतिष्ठानमा विज्ञ सदस्य कमल बहादुर श्रीस थापा नियुक्त गर्ने निर्णय भएको छ । नियुक्त भएका थापा बुटवल १३ बेलबास निवासी हुन् ।बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरु २०७९ सालको असारसम्मको लागि स्वीकृत गरेको गर्ने निर्णय पनि भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए ।कानून महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार संग्रहालय विकास समिति गठन आदेश, २०७८स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेकोछ ।

यसैगरी कानून महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७८ को अनुसूची हेरफेर स्वीकृती गर्ने निर्णय भएको छ भने कृषि खाद्य प्रविधि तथा भूमी व्यवस्थापन मन्त्रालय प्रस्तावमा स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि,२०७८ स्वीकृत गर्ने, शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा प्रदेश खेलकुद विकास ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय पनि भएको संयोजक विश्वकर्माले बताए ।

प्रकाशित : २६ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६