अर्थ-वाणिज्य

टरीगाउ विमानास्थलको क्षमता वढाउन स्थलगत नापजाँच शुरु




कपिलवस्तु २६ माघ । दाङको तुलसीपुरमा रहेको टरिगाउस्थित विमानस्थलको धावनमार्ग थप विस्तारका लागि नागरिक स्तरबाट स्थलगत नापजाँंच सुरु भएको छ । तुलसीपुरमा रहेको हालको विमान स्थलको धावनमार्गको हालको ७ सय ५० मिटर लम्वाइलाई बढाएर कम्तिमा १३ सय मिटर पु¥याउन सकेमा ठूला जहाज पनि अवतरण हुन सक्ने भन्दै तुलसीपुर उद्योग वाणिज्य संंघको नेतृत्वमा स्थलगत नापजांँच सुरु गरिएको हो ।तुलसीपुर उद्योग वाणिज्य संंघको अगुवाइमा मंंगलबार तुलसीपुरको टरिगाउँ विमानस्थलमै पुगेर सर्वपक्षीयरसर्वदलीय टोलिले धावनमार्गको नामजांच सुरु गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीसहितको टोलिले मंंगलबार विमानस्थलको धावनमार्गको उत्तर दक्षिण क्षेत्रको लम्वाइ फित्ता लगेर नापजांँच गरेका थिए ।

‘यो प्रारम्भिक अनुमानका लागि भएको नापजांँच हो, अहिलेकै लोकेशनमा पनि धावनमार्ग विस्तार हुने प्रशस्तै सम्भावना छ, अनि अन्य लोकेशनमा पनि विकल्प देखिएको छ’—धावनमार्ग नापजांँचमा सहभागी इन्जिनियर योगीले भने । दुवै विकल्पमा नापजाँच गर्दा कम्तिमा ४२ सिटे जहाजलाई अवतरण गर्नका लागि आवश्यक १३ सय मिटर लम्वाइको धावनमार्ग निर्माण हुन ठूलो धनराशी खर्च गर्नु नपर्ने पनि उनको भनाइ थियो ।चालु धावनमार्गलाई लोकेशन परिवर्तन गरेमा चिरो भाट्न समेत नपर्ने नापजाँचका सहभागीहरुले बताएका छन् । यद्यपी यसको अन्तिम प्राविधिक प्रतिवेदन भने एयरपोर्ट डिपिआरको अध्ययनपछि टुंगो लाग्ने इन्जिनियर योगीले बताएका छन् । यदि चिरो भाट्नैपर्ने अवस्थामा पनि स्थानीय सरकार र यहांँका सरोकारवालाहरुले सहयोग गरे बांँकी काम संघीय सरकारको बजेटले सहजै हुन सक्ने पनि उनको भनाइ थियो ।

‘अव हामी एयरपोर्टको स्तरोन्नतीको मार्गमा अघि बढिसकेका छौं। स्थलगत अध्ययनको प्रतिवेदनसहित हामी केहि दिनभित्रै नागरीक उड्ययन तथा पर्यटन मन्त्रालय र अर्थमन्त्रालयमा डेलिगेशन जाने तयारीमा छौं’, एयरपोर्टको स्तरबृद्धिमा अगुवाइ गर्ने तुलसीपुर उद्योग वाणिज्य सँघका अध्यक्ष राम प्रसाद चालिसेले भने । तुलसीपुरको टरिगाउ विमानस्थलको धावनमार्गको लम्वाई होस वा चौडाइ विस्तार गर्न आवस्यक परे सामुदायिक वनको जग्गा उपलव्ध गराउन संम्पुर्ण उपभोक्ताहरु तयार रहेको तरुण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेषमणी भण्डारीले बताए ।

प्रकाशित : २६ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६