खोज–अनुसन्धान

प्रेस चौतारीका पत्रकारले ५ बर्षका कामको अप्रेसन गर्नाेस :अधिकारी



सन्जिव गहतराज
कपिलवस्तु २६ माघ ।प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको वैठक आज मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको छ । वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं कपिलवस्तु ईन्चार्ज बलराम अधिकारीले जनताको अवस्था वुझन र समस्या समाधान गर्न गाउँ जान कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहि पाटी र उपयुक्त उमेद्वार छान्न आम नागरिकलाई आग्रह गर्नु भएको छ ।उहाँले अगाडि भन्नु भयो , जनताका घरमा जाने , अवस्था र समस्या बुझ्ने अनि पाटीको निति र सिद्धान्त बुझाउने यो एमालेको दायित्व हुनेछ । जनताका समस्या समाधान गर्दै वास्तविक कुरा वुझाउदै बस्ती बस्ती टोल टोलमा जानु पर्ने उहाँले धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्दै पाटीका जिल्ला अध्यक्ष डम्मर शर्माले प्रेस चौतारी अब्बल बन्दै संगठनलाई मजबुद पार्दै जानु पर्ने बताउनु भयो । सञ्चारमाध्यमले स्थानिय तहको निर्वाचन सफल बनाउन महत्वपुर्ण भुमिका हुने हुदा सोहि अनुरुपका सन्देशमुलक सामाग्रीहरु जनसमक्ष पस्किन पनि अध्यक्ष शर्माले आग्रह गर्नु भयो । कार्यक्रममा पाटीकाउपाध्यक्ष विश्राम प्रसाद थारुले सञ्चार माध्यमले विकास निमार्णका सवालहरुलाई खोजमुलक तरिकाले जनसमक्ष पस्किनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय सदस्य एवं कपिलवस्तु ईन्चार्ज पार्वती पाण्डेले संगठनले जिल्लामा उदाहरणीय काम गर्दै आएको बताउनु भयो । प्रेस चौतारीमा अब्बल पत्रकारहरु आबद्ध रहेको जनाउदै पत्रकारीतालाई व्यवसायिक र मर्यादित बनाउन पाण्डेले आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै चौतारीका केन्द्रीय सदस्य हरि अधिकारीले सत्य र तथ्य समाचार जनसमक्ष पस्किनु नै पत्रकारीताको धर्म भएको जनाउनु भयो । वैठकले कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई जिम्मेवारी समेत प्रदान गरेको जिल्ला अध्यक्ष जानु पाण्डेले बताउनु भयो । जस अनुरुप वाणगंगामा संयोजक कुलराज भुषाल , सहसंयोजकमा सरिता थारु र राम वहादुर गन्र्दभ रहनु भएको छ । वुद्धभुमिमा संयोजक बाबुराम रायमाझी र सहसंयोजकमा शेरिफ के.शी , शिवराजमा संयोजकमा गिता पौडेल सहसंयोजकमा रामअवतार चौधरी,विजयनगरमा संयोजक घनश्याम भर,सहसंयोजकमा सोनु कुमारी थारु , महाराजगञ्जमा संयोजक रामु पौडेल, सहसंयोजकमा धनीराम कोरी ,कपिलवस्तु नगरपालिकामा संयोजकमा बासुदेव बर्मा र सहसंयोजकमा पशुपति गिरी र संगिता भुषाल रहनु भएको छ ।

त्यस्तै गरि यशोधरामा संयोजकमा बासुदेव बर्मा र सहसंयोजकमा रामु पौडेल रहनु भएको छ ।कृष्णनगरमा संयोजक सन्जिव गहतराज , सहसंयोजकमा अजय मिश्रा , मायादेवी र शुद्धोधनमा संयोजक प्रभुनाथ गुप्ता , सह संयोजकमा प्रताप ज्ञवालीलाई जिम्मेवारी दिइएको अध्यक्ष पाण्डेले बताउनु भयो ।बैठक सचिव संजिव गहतराजको संचालन र उपाध्यक्षवावुराम रायमाझीको स्वागतका बीच भएके थियो ।

प्रकाशित : २६ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६