खोज–अनुसन्धान

बिवाहमा नाच्दा नाच्दै ढलेपछि मृत्यू




पाल्पा २९ माघ । गएराती पाल्पाको एक परिवारको विवाह भोजमा नाचगान र निकै रमाइलो चलिरहेको थियो । पालैपालो नाच्ने क्रममा जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपाली नाच्न थाले । नाच्दै जाने क्रममा उनी अचानक ढलेर अन्दाजी ७ मिटर थल खोल्सामा खसे पछि विवाहको रमझम क्षणभरमै शोकमा परिणत हुनपुग्यो ।सोही वडाको धनुवा टोलका कृष्णबहादुर रानाकी छोरीको विवाहमा यस्तो अकल्पनीय घटना घटेको हो ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार ४० वर्षीय नेपालीलाई तल खोल्साबाट उठाई माथि नाच्ने ठाउँमा ल्याएर सुताएकोमा उनको शनिवार बिहान मृत्यु भएका हुन् । शनिवार बिहान हेर्दा निजको मृत्यु भइसकेको भनी खबर प्राप्त हुन साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलमा पुगेर अनुसन्धान गरिएको डिएसपी त्वातीले बताए ।

प्रकाशित : २९ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६