खोज–अनुसन्धान

राप्रपा कपिलवस्तुको पदाधिकारी फेरबदल



कपिलवस्तु २९ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुको जिल्ला कार्य समितिको पदाधिकारी फेरबदल गरिएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका अध्यक्ष नारायण बहादुर सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला पदाधिकारी फेर बदल गरेको जानकारी दिनु भएको छ ।राप्रपाको विधान बमोजिम पदाधिकारी फेरबदल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आजकै मिति देखि लागू हुने गरी पदाधिकारी परिवर्तन गरिएको अध्यक्ष सिंहले बताउनु भयो ।

अध्यक्ष नारायण बहादुर सिंहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उपाध्यक्ष पदमा चन्द्र भण्डारी, अलिमुन निसा, दिपेन्द्र विक्रम जिसीलाई चयन गरिएको छ । त्यस्तै सचिव पदमा राजेश उपाध्याय, सहसचिव मनोज कुमार शुक्ल, इश्वरी गिरि र कोषाध्यक्ष चेत नारायण खनाललाई चयन गरिएको छ यस अघिका पदाधिकारी कमल थापाको पार्टीमा जान सक्ने देखेपछि फेर वदल गरिएको श्रोतको दावि छ ।।

प्रकाशित : २९ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६