जीवनशैली

सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगी असन्तुष्ट



काठमाडौँ २९ माघ -सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद्बाट कच्चा दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले प्रशोधित दूधको उपभोक्ता मूल्य वृद्धि गरेको छ । यो वृद्धिमा कच्चा दूधको मूल्यमा ६.५२ पैसा वृद्धि गरी प्रतिलिटर ५६.४० रुपियाँ र प्रशोधित दूधको मूल्य नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण भएको छ ।

डीडीसीले निर्धारण गरेको उपभोक्ता मूल्यमै निजी क्षेत्रले पनि दूध बिक्री गर्नुपर्छ ।तर यस पटक निजी क्षेत्रका डेरी उद्योगीले आफ्नो प्रशोधित दूधको मूल्य आफैँ निर्धारण गर्दै डीडीसीको भन्दा एक रुपियाँ बढेर प्रतिलिटर मूल्य ८६ रुपियाँ बनाएका छन् । डेरी उद्योगीको छाता सङ्गठन डेरी उद्योग सङ्घ र नेपाल डेरी एसोसिएसनले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरी दूधको मूल्य सार्वजनिक गरेका हुन् ।

प्रकाशित : २९ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६