अर्थ-वाणिज्य

स्थानीय चुनावको माहोल :अधिकांस जनप्रतिनिधी दोहोरीने दाउमा



अर्घाखाँची १ फागुन ।सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै गाउँघरमा राजनीतिक चहलपहल बढेको छ । अधिकांश जनप्रतिनिधि नेतृत्वमा फेरि दोहोरिन तयारीमा लागेका छन्  । यसअघिको निर्वाचनमा कांग्रेसका तत्कालीन जिल्ला सभापति कमलप्रसाद भुसाल माओवादी केन्द्रको चुनावी तालमेलमा सन्धिखर्क नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए । उनी अहिले फेरि नगर प्रमुखमा दोहोरिन राजनीतिक भेटघाट र लबिइङ गरिरहेका छन् । पाँच वर्षसम्म नगर विकासका काम केही सम्पन्न भए, केही हुँदैछन् । केही सुरु भएका छन् ।
तिनीहरूलाई पूरा गरेर १० वर्षमा विकासमा नमुना नगर बनाउने लक्ष्य रहेको उनको दाबी छ । कांग्रेस–माओवादी गठबन्धनमा भुसालसँगै उपप्रमुखमा निर्वाचित माओवादी जिल्ला संयोजक ठाकुरकुमार विक पाँच दलीय गठबन्धन कायम हुनेमा आशावादी छन्  । जिल्लाका ६ पालिकामध्ये चारमा गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन थियो । त्यसमध्ये मालारानी गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेबाट अध्यक्षमा बालकृष्ण आचार्य र उपाध्यक्षमा प्रमिला क्षत्री विजयी भएका थिए । आचार्य पार्टीले फेरि अगाडि सार्नेमा आशावादी छन् ।
जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख दोहोरिन खोज्दै अहिले पार्टीभित्र लबिङ गरिरहेका छन् । उनीहरूले पालिकामा आफूले गरेको विकास निर्माणका कामको सकारात्मक प्रचार गर्न आफू निकटका कार्यकर्तालाई खटाउन थालेका छन् । पालिकामा राम्रो काम गरेकाले दोस्रोपटक पनि चुनाव जित्ने उनीहरूको दाबी छ ।
छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले पाँच वर्षमा पालिकालाई खरको छानामुक्त, काठका पोल मुक्त, सबैका घरमा खानेपानी ट्यांकी वितरण, ४० जना विद्यार्थीलाई निःशुल्क कृषि विज्ञान पढाइ, शिक्षामा सुधार, खानेपानी, पूर्वाधार विकास, जिल्लाकै ठूलो रातापोखरा प्यारापिट खेलमैदान निर्माण, पर्यटकीय संरचना निर्माण लगायतका काम गरेको दाबी गर्छन् । सितगंगा नगरपालिका प्रमुख एवं कांग्रेस नेता सूर्यप्रसाद अधिकारीले फेरि दोहोरिन पार्टीभित्र लबिङ नै सुरु गरेका छन् । फेरि पाँच वर्षमा बाँकी रहेका काम पूरा गर्ने र थप नौला काम गर्ने गरी दोहोरिने इन्छा रहेको उनले बताए । स्थानीय तहमा यसरी दोहोरिन खोज्नुको कारण पदको लोभ र आशामा राम्रो÷नराम्रो जस्तो काम भए पनि सत्तामा टिकी रहने मानसिकता हो ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६