अर्थ-वाणिज्य

कोरोनाले विदाईको हात हल्लाउन लाग्दा होल्डीङ सेन्टरले भन्यो हामी तयार हुदैछौं




कपिलवस्तु १ फागुन । नेपालको काम गर्ने शैली कस्तोछ भन्ने कुरा कपिलवस्तुमा भएको एक होल्डीङ सेन्टर निर्माणको कामले देखाएको छ । दोश्रो लहरको शुरुवातमा वनाउन थालिएको होल्डीङ सेन्टर तेश्रो चरणको कोरोनाले विदाईको हात हल्लाउन लाग्दा बल्ल होल्डीङ सेन्टरले सन्देश दिएको छ हामी तयार हुदैछौं । यो कपिलवस्तुको कृष्णनगरको विद्यमान अवस्था हो ।
कपिलबस्तुको सिमावर्ती क्षेत्र कृष्णनगरमा एक हजार जना बस्न मिल्ने होल्डीङ क्षेत्र निर्माण अन्तिम चरणमा पुगेका ेछ । भारत तथा तेश्रो मुलकबाट यही नाका हुदै फर्किने यात्रुहरुको कारोना परिक्षण, उपचार तथा बस्नलाई लीक्षत गरी होल्डीङ सेन्टर निर्माण गरिएको हो । कोभिड–१९ का सङ्क्रमितहरूका लागि क्वारेन्टाइन, आइसोलेसन तथा उपचार गर्नेगरी यो बहुउद्देश्यीय भवनको निर्माण भइरहेको छ ।सेन्टरको ९० प्रतिशत बढी निर्माण कार्य संपन्न भई सकेको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नोपली सेनाको अगुवाईमा बन्न लागको होल्डीङ सेन्टरेका निर्माण अ्िन्तम चरणमा पुगको प्रजिअ चक्रपाणी पाण्डेले बताउनुभयो । नेपाली सेना मार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन प्रालिले सेन्टरको निमार्ण गरेको हो ।
कृष्णनगर सिमा नाका मै ६ सय बेड र शिवानगरमा ४ सय बेडको होल्डिङ सेन्टर निर्माण गरिएको हो । सेन्टरको लागत रु २७ करोड ८७ लाख ८२ हजार ५ सय ३५ रहेको छ । नेपाली सेनाले नेपाल–भारत सीमाको विभिन्न ८ स्थानमा होल्डिङ निर्माण गरिएका छन । कपिलवस्तुको कृष्णनगर, कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण गर्न सरकारले निर्णय गरेको थियो ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६