खोज–अनुसन्धान

माओवादी केन्द्र कपिलवस्तुले कसरी मनायो जनयुद्ध दिवस ?



कपिलवस्तु, ०१ फागुन ।नेकपा माओवादी केन्द्र कपिलवस्तुले २७ औ जनयुद्ध दिवसको अवशरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वयन समितिको आयोजना प्रेस सेन्टर कपिलवस्तु सह आयोजनामा जिल्लाको गोरुसिङ्गेमा आयोजित उक्त कार्यक्रममा वोल्ने वक्ताहरुले शहिदका सपना पुरा गर्न सबै लागि पर्नेमा जोड दिएका छन् ।जिल्ला ईन्चार्ज कमल चुदालीले नेपाली क्रान्तीको प्रतिक जनयुद्ध रहेकोले यसलाई भव्यताका साथ मनाउनुपर्ने बताउनुभयो । माओवादी आन्दोलनको सफलताले आजको यो परिवेश आएकोले शहिदहरु प्रति सधै सम्मान गर्नुपर्ने उहँको भनाई छ ।

एक तहका सम्मेलनहरु सम्पन्न भएकोले र बाँकि रहेका अन्य सम्मेलनहरु अब पुरा गर्नुपर्ने बताउनुभयो । निर्वाचनलाई लक्षित गरेर अब पार्टीलाई चुस्तदुरुस्त बनाउँदै संगठन विस्तारमा लाग्न नेता कार्यक्रतालाई ईन्चाज चुदालीले आग्रह गर्नुभयो ।प्रदेश कमिटि सदस्य रुद्रलाल बन्जाडले जनयुद्धका उपलव्धीलाई संरक्षण गर्न सक्ने नसक्ने भन्ने विषय मुख्य चुनौती रहेको बताउनुभयो । पार्टीको विरुद्धमा राष्ट्रिय तथा अन्तराष्ट्रिय देखि नै प्रहार भइरहेकोले यसमा सजग हुनुपर्नेमा जोड दिनुभयो । जनयुद्धलाई स्मरणको रुपमा दिवस मनाएर मात्र नहुने जिकिर गर्दै माओवादीका एजेण्डालाई साम्राज्यवादीहरुले अन्त्य गर्न लागि परेको बताउनुभयो ।

प्रदेश कमिटि सदस्य उमा विकले माओवादी केन्द्रको एजेण्डलाई निस्तेज पार्न केहि तत्वहरु लागि परेकोले त्यसको सामाना गर्नुपर्ने बताउनुभयो । युद्धका क्रममा भएका घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गर्दै व्यक्तिगत स्वार्थको लागि नभई पार्टी र शहिदहरुको सपनालाई साकार पर्न सबै पार्टी पंक्ति लागिपर्नुपर्ने बताउनुभयो । प्रेस सेन्टरका जिल्ला ईन्चार्ज डिलाराम भुसालले शहिदका सपनाहरु अझै धेरै वाकि रहेकोेले ती सपनाहरु पुरा गर्नुपर्ने बताउनुभयो । आगामि दिनमा शहिद परिवारलाई सम्मान तथा मनोवल उठाउने खालका कार्यक्रम जिल्ला स्तर बाट हुनुपर्ने उहाँको भनाई छ । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला अध्यक्ष विष्णु शाहको अध्यक्षता रहेको कार्यक्रममा प्रेस सेन्टर कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्बासेको स्वागत तथा नेकपा माओवादी केन्द्र कपिलवस्तुका कार्यलय सचिव सरोज खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका सबै नगर तथा वडाका ईन्र्चाज लगाएत डेढ सय बढि नेता कार्यर्कताको उपस्थिती रहेको थियो ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६