अर्थ-वाणिज्य

पाँच बर्षमा ४२ हजार थपिए ,कतिछन यसपाली अर्घाखाँचीका मतदाता ?




सन्धिखर्क १ फागुन । अर्घाखाँची जिल्लामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा ४२ हजार मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका एक लाख ६९ हजार एक सय ७६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये पुरुष ८४ हजार ६ सय ३३ र महिला ८४ हजार ५ सय ४३ रहेका छन।जबकि २०७४ सालमा १८ वर्ष पूरा गरेका एक लाख २६ हजार सात सय १७ जनाले नाम दर्ता गराएकाथिए ।
निर्वाचन कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार जिल्लामा कुल ४२ हजार ४ सय ५९ जना थप भएका हुन् ।

यो संख्या जिल्लाभित्र सङ्कलन गरिएका मतदाताहरूको मात्रै भएको र बाहिरी जिल्लामा बसेर नाम दर्ता गराएकाहरूको विवरण समावेश नभइसकेका कारण अन्तिम नामावली प्रकाशन गर्ने बेलामा संख्या तलमाथि हुन सक्ने निर्वाचन कार्यालय अर्घाखाँचीका कम्प्युटर अपरेटर जगदिश पाण्डेले जानकारी दिए ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६