खोज–अनुसन्धान

राम्रो काम भएको भन्दै जनताले गरे खुलेर प्रशंसा



पशुपति गिरी
कपिलवस्तु १ फागुन । वाणगंगा नगरपालिका वडा नं ११ को आयोजना तथा कपिलवस्तु पब्लिस एण्ड कन्सल्ट फर्मको प्राविधिक सहयोगमा वडा नं ११ को कार्यालय हथौसामा सार्वजनिक सुनुवाई गरिएको छ । वडाले २०७८/७९ मा गरेका क्रियाकलाप सेवा प्रवाहहरुको बारेमा जवाफदेखि निकाय र सेवाग्राहि विच खुलेर छलफल गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष सोमनाथ अर्यालले वडाबाट प्रवाह हुने सेवा छिटो छरितो हुने प्रतिवद्धता जनाउनु भएको छ । कुनै पनि कामका लागि सेवाग्राहिले झन्झट व्यहोर्नु नपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष अर्यालले बडाबाट प्रवाह हुने सेवा पारदर्शि र जवाफदेहि हुने बताउनु भयो । अध्यक्ष अर्यालले जनताको मन जित्ने गरि काम गरेको बताउनु भयो । वडामा ६० प्रतिशत नाली निमार्ण भएको बताउदै २०७८ / ७९ को बाँकी योजनहरु सम्झौता भई काम अगाडि बढेको बताउनु भयो।सबैको साथ र सहयोगले वडालाई समृद्ध वडा बनाइने उहाँले बताउनु भयो । वडामा डासदस्यहरु इमकला के.सी.,जगनारायण थारु ,वाजबुललैन , सुमित्रा बिकले विहान १० वजे देखि ५ वजे सम्म खटेर जनताका काम गर्नु हुन्छ,हामी मिलेर काम गर्दा जनमुखी काममा सहजता आएको छ , अध्यक्ष अर्यालले भन्नु भयो ।
कार्यक्रममा उपस्थित सहभागिहरुले वडामा राम्रो काम गरेको भनी खुलेर प्रशंसा गरेका थिए । वडामा कतिपय स्थानमा विद्युतको समस्या, ढल निकासको समस्यालाई समाधान गर्नु पर्ने बताएका थिए । किशोरी ,युवाका लागि पनि बजेट छुट्याउनु पर्ने , विकास निमार्णमा सबैलाई सहभागि गराईनु पर्ने लगायतका धारणा उपस्थित सहभागीले राखेका थिए । वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेको सहजिकरणमा भएको कार्यक्रममा वुद्ध आवाज साप्ताहिकका कार्यकारी सम्पादक कुलराज भुषालले नागरिक र बहिरगमन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडावासीको सक्रिय सहभागिता रहेको थियो । वडाबाट प्रदान हुने सेवालाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६