अन्तर्राष्ट्रिय

भारतीय सिने स्टार सलमान खान किन नेपाल आउदैछन ?



काठमाडौ ५ फागुन ।भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्।काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्।सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ दसकअघि ब्रायन एडम्सलाई ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ।आयोजकमध्येका एक सीमान्त गुरुङले भने, ‘हामी दुई पार्टीबीच कार्यक्रम गर्ने सहमति भयो। कोरोनाको कारण नेपालमा अवस्था बदलिएन भने सलमान खानको कार्यक्रम हुन्छ।’ सलमानको कार्यक्रमले नेपालमा कोरोनाको कारणले थिलथिलिएको पर्यटनमा टेवा पुग्ने विश्वास भएको गुरुङले बताए।
सलमान खान तथा अन्य भारतीय कलाकारलाई नेपाल ल्याउन रकम भुत्तानीको अनुमति दिन पर्यटन मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिस गरेको जानकारी संस्कृति महाशाखाका सहसचिव सुरेश सुरश श्रेष्ठले दिए।ओडिसी इन्टरटनमेन्टले यसअघि नै २०७४ मा सलमान खानलाई नेपाल ल्याउने कार्यक्रम थियो। सुरक्षा चुनौतीको कारण त्यतिबेलाको कार्यक्रम सारिएको थियो।त्यसबेला काटिएका टिकटहरू धेरै फिर्ता गरिएको छ र टिकटको भर्पाइ नलगेकालाई यस कार्यक्रममा त्यही टिकटको आधारमा मान्यता दिने गुरुङले बताए।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६