खोज–अनुसन्धान

राष्ट्रिय उद्योग महासंघको तालिका सार्वजनिक : समस्याको नेतृत्व गर्न अध्यक्ष शर्माको आग्रह




कपिलवस्तु ९ फागुन । नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले व्यवसायीका समस्याहरुलाई समाधान गर्न नेतृत्व गर्नुपर्ने बताउनु भएको छ । उहाले महासंघले स्थानिय सरकारलाई कस्तो नीति बनाउने हो सो बिषयमा पैरवी गर्नु पर्ने बताउनु भयो । स्थानिय सरकारले बनाएका नीति उद्योगी र व्यापारीको हितमा छ कि छैन भनेर महासंघले अध्ययन गरि व्यापारीका हितमा नभएका नीति सच्चाउन सहयोग गर्नु पर्ने बताउनु भयो ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जिल्ला कार्यसमितिको बैठकलाई संवोधन गर्दै यस्तो वताउनु भएको हो ।बैठकमा महासंघका केन्द्रीय सदस्य कृष्ण सापकोटाले कोभिडको मारमा परेका व्यापारीलाई ३ तहका सरकारले सम्वोदन नगर्दा मर्कामा परेको बताउनु भयो । केन्द्रीय सदस्य योगेन्द्र मल्लले महासंघले गरेका कामको चर्चा गर्नु भएको थियो । महासंघका जिल्ला अध्यक्ष महादेव पोख्रेलले महासंघले व्यवसायीको गुनासो र समस्या समाधान गर्न महासंघ तयार रहेको बताउनु भयो । कार्य्रकममा एमाले जिल्ला सदस्य उमानाथ पौडेलले समेत धारणा राख्नु भएको थियो ।
बैठकले यहि फागुन १४ गते सम्म सबै पालिकामा संगठन बिस्तार गर्ने निर्णय गरेको छ । बाणगंगा नगरपालिका १२ गते कपिलवस्तु नगरपालिका १४ गते , महाराजगन्ज नगरपालिकामा १४ गते, शिवराज नगरपालिका ११ गते, बुद्धभुमि नगरपालिकामा ११ गते नगर स्तरीय भेला गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला सदस्य शान्त बिक्रम पौडेलको छोरा नवल राज पौडेलको सडक दुर्घटना परि निधन भएकोमा समवेदना प्रकट गरिएको थियो । बैठकको संचालन जिल्ला सचिव कुशल पौडेल , र उपाध्यक्ष कृष्ण प्रसाद गैरेले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६