खोज–अनुसन्धान

संसदमा पेश गर्न सहमति,सडकमा ढुंगा हान्दै नौटंकी : सचिव बिष्ट




गुल्मी १० फागुन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसी संसद्मा टेबल गरेर सत्ता गठबन्धनले दोहोरो चरित्र देखाएको बताउनुभएको छ ।सचिव विष्टले मंगलबार गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाट्न गर्दै एकातिर एमसीसी संसद्मा पेश गर्ने सहमति गर्ने र अर्कोतिर सडक तताएर तमासा देखाउने काम गरिरहेको बताउनुभयो ।
उहाँले एकातिर सत्तागठबन्धनका मन्त्रीहरूले भोट हाल्न पाउने तर अर्कोतिर सांसदले बहिष्कार गरे झैं गरी नाटक मञ्चन गरेको बताउनुभएको हो । नेता विष्टले दुनियामा कतै नभएको संसदीय अभ्यास नेपालमा भइरहेको भन्दै कुनै पनि समस्याहरूलाई नेकपा एमालेले जनताको हितमा फैसला गर्ने बताउनुभयो । उहाँले राष्ट्रियताका सवालमा जनताको मतलाई एमालेले शिरोधार्य गरेर अगाडि बढ्नेसमेत बताउनुभएको हो ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६