अर्थ-वाणिज्य

१५ वर्षदेखी अलपत्र सिंचाई प्रणाली बल्ल सूचारु :वाँकी कामकालागि २० करोड लाग्ने




दाङ ११ फागुन । लुम्बिनी प्रदेश सरकारले अलपत्र दाङको नारायणपुर कुलो सिंचाइ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार भएको छ। यहीँ योजनाको आधारमा बहुवर्षीय कार्यक्रममार्फत काम भैरहेको प्रगन्ना बड्कापथ सिंचाइ व्यवस्थापन कार्यालय लमहीका इञ्जिनियर गोविन्द निरौलाले जानकारी दिए।
यसले पूर्वमा कोहलुवादेखि पश्चिममा बगै सोतासम्मको क्षेत्र सिञ्चित गर्नेछ। सरकार फेरिए पनि नारायणपुर प्रणालीले प्राथमिकता पाउन सकेन। यसवर्ष प्रदेश सरकारको नजर आयोजनामा परेको छ। राप्ती गाउँपालिकाको पिपरीदेखि लमही नगरपालिकाको बगइ सोतासम्म करिब १४ किलोमिटर कुलो निर्माण गरिने छ। आर्थिक वर्ष २०७६÷०७७ देखि नारायणपुर प्रणालीको काम सुरु भएको थियो। पहिलो चरणमा विस्तृत योजना निर्माणपछि आयोजनाको काम थालिएको थियो। पक्की कुलो बनाउने, ठाउँ–ठाउँमा कल्भर्टहरु निर्माण भैरहेको छ।
चालु आर्थिक वर्षमा ५ करोड बजेट विनियोजन गरिएको छ। आर्थिक वर्ष २०८०÷०८१ बाट पानी सञ्चालन गर्ने सरकारको लक्ष्य छ। राप्ती नदीको पानीबाट सिंचाइ सुविधा पु¥याउने उद्देश्यले प्रगन्ना कुलो सिंचाइ आयोजनासँगै नारायणपुर प्रणालीको पनि निर्माण सुरु गरिएको थियो। प्रगन्ना कुलो सिंचाइ आयोजना पूरा भई सञ्चालनमा आइसक्यो। तर, नारायणपुर प्रणाली अधुरै रह्यो। केही ठाउँमा पूर्वाधार निर्माण पनि गरियो। तैपनि आयोजना निर्माण पूरा हुन नसकेको नारायणपुर प्रणाली उपसमितिका अध्यक्ष लक्ष्मण पवन शर्माले बताए। उनका अनुसार आयोजना निर्माणको काम फेरि सुरु भएको छ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६