खोज–अनुसन्धान

देउवा र ओलीबीच भेटपछि ‘प्रचण्ड’ भेट्न खुमलटार



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् । सरकार एमसीसी पास गर्ने तयारी रहेकाले बुधबार बिहान प्रधानमन्त्री देउवा एमसीसी र गठबन्धनबारे छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिए पनि देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई मनाउने प्रयासमा लागेका छन् । उनले दोहोरो भूमिकामा देखिएका कारण प्रमुख प्रतिपक्षी एमालेसँग पनि भेट बढाएका छन् । देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको थियो ।

संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् । देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूणर्रुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६