खोज–अनुसन्धान

हिन्दु मुस्लिमको साझा पर्व : मदार बाबा मेला शुरु



ज्ञानेश्वर सहानी
नवलपरासी १०फागुन । नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) विनई त्रिवेणी गाऊँपालिका वडा नं .६ परसैया मा अवस्थीत मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र मा रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला को रुपमा मानिन्छ । यसै कारण पनि सयौं वर्ष देखि लाग्दै आएको मदारबाबा मेला धार्मिक स्थलको रूपमा देश तथा विदेशमा परिचित रहेको छ ।
यो मेला मा बदिउदिन जिन्दा शाह बाबाको मेला रहेको भक्तजनहरूलाई बताएका छन्। मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा दिन रात सुरक्षा कर्मी , स्वयंसेवक परिचालन गरिएको छ भने मेला को ठाउँमा निःशुल्क स्वास्थ शिविर , सार्वजनिक शौचालय ,खाने पानी लगाएत को भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुदिन अन्सारीले बताउनु भयो।
महलवारी बाजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म निकै कठिनाइ चढेर पुग्ने गर्दछन । मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयक्त सहभागिता रहने गरेको छ ।बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ। मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १२ लाख भन्दा बढी भक्तजनहरू आउने मेला समिति दावी गरेको छ।सो मेला स्थानमा हरेक वर्ष शिवरात्रिको नौ दिन अघि देखि मेला लाग्ने गरेको छ । मेला शिवरात्रिमा सामापन हुने गरेको छ । यश वर्ष फागुन ९ गते देखि संचालन भएको मेला फागुन १७ गते सकिदै छ ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६