खोज–अनुसन्धान

बहुजन पार्टीको राष्ट्रिय महाधिवेशन कपिलवस्तुमा शुरु,आयोगले निरंकुशता लादयो : पासवान




कपिलवस्तु १२ फागुन । बहुजन शक्ति पार्टीका अध्यक्ष एव पूर्वमन्त्री विश्वेन्द्र पासवानले साना दललाई चुनाव चिह्न नदिएर सरकारले गलत काम गरेको गुनासो गरेका छन् ।बहुजन शक्ति उनले जनताको बलमा संघीयता, गणतन्त्र प्राप्त भए पनि स्थानीय निर्वाचनमा साना दललाई चुनाव चिन्ह नदिएर निरकुंशता लाद्न खोजेको आरोप लगाए ।
कपिलवस्तुको बहादुरगञ्जमा आयोजित पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पासवानले लोकतन्त्रमा चुनाव चिह्न पनि नपाउने अवस्था स्वीकार्य नरहेको बताए । उनले साना पार्टीलाई राखिएको थ्रेसहोल्ड हटाउन कानुन संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै संविधानले दिएको अधिकार समेत कार्यान्वयन गर्न सरकार असफल बनेको बताए ।

पूर्ण समानुपातिक व्यवस्था, दलित तथा पिछडिएका समुदायको अधिकार स्थापित नभए ठूलो विद्रोह हुने चेतावनी उनको थियो ।बहुजन शक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष रामसुभक हरिजनले अब आउने चुनावमा तराई मधेसका दलित समुदायले सोच विचार गरेर मात्रै मत दिनुपर्ने बताए ।​ बहुजन शक्ति पार्टीका युवा नेता राजेश सक्सेनाले दलित समुदायमाथि सरकारकै संरक्षणमा विभेद भएको आरोप लगाए ।महाधिवेशनको बन्दसत्र रूपन्देहीको भैरहवामा हुनेछ । छैटौं महाधिवेशनले समावेशिताका सवाल र समसामयिक राजनीतिक विषयमा छलफल गरी शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सकिने जनाइएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६