अर्थ-वाणिज्य

प्रदेश मन्त्रीको पद खारेज नभएको दावि : तामेलीमा राख्दैमा पद नजाने




बुटवल १२ फागुन । लुम्बिनी प्रदेशकी,कृषि,खाद्य प्रविधि तथा को सांसद र मन्त्री पद खारेज भएको भन्ने कुरामा सत्यता नभएको मन्त्री सुमन शर्मा रायमाझीको स्वकीय सचिवालयले दाबी गरेको छ ।मन्त्री रायमाझी सहित जसपाका तत्कालिन प्रदेश सभा सदस्यहरु सन्तोष कुमार पाण्डे,बिजय कुमार यादब र कल्पना पाण्डे लम्सालमध्ये रायमाझीको मुद्धा तामेलीमा राख्ने सर्वोच्च अदालतको निर्णयलाई उनको सांसद र मन्त्री पद खारेज भएको अर्थ लगाई आएका समाचारमा सत्यता नभएको सचिवालयले जनाएको छ ।
मन्त्री रायमाझीका स्वकीय सचिब प्रविन बर्माले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी मन्त्री रायमाझीमाथी पार्टीले गरेको कारबाही फिर्ता लिएसँगै उहाँ प्रदेश सभा सदस्य पदमा बहाल रहेको र प्रदेश सभा सदस्यकै हैसियतमा मन्त्री पदमा कायमै रहेको जनाएका हुन् ।उता लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले पनि मुद्धा तामेलीमा राख्दैमा कसैको पद नजाने दाबी गरनुभयो। प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि सर्वोच्च अदालतको अल्पकालीन आदेशमा उहाँ प्रदेश सभा सदस्यमा बहाल रहेको र उहाँको बिपक्षमा मुद्धा फैसला नहुँदासम्म उहाँको पद रिक्त नहुने प्रतिक्रिया दिनुभएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६