खोज–अनुसन्धान

२० महिना विभिन्न कारागारमा राखिएका नेता संगम अदालतको आदेशमा रिहा: महासचिव विप्लवद्वारा स्वागत



कपिलवस्तु १३ फागुन ।२० महिना अघि रुपन्देहीमा गिरफतारमा परि रुपन्देही कपिलवस्तु र काठमाण्डौका कारागारमा राखीएका नेकपाका तत्कालिन जिल्ला इन्चार्ज संगम पुन (टेकवहादुर पुन )अदालतको आदेशमा रिहा हुनु भएको छ । कपिलवस्तु अदालतले उहालाई लगाइएको कर्तब्य ज्यान मुद्धा प्रमाणीत हुन नसकेको भन्दै रिहा गर्ने आदेशदिएको हो । रिहा भएका नेता पुनलाई महासचिव नेत्र विक्रम चन्द विप्लवले स्वागत गर्नु भएको छ।

सो अवसरमा महासचिव विप्लवले २० महिनासम्म विभिन्न आपराधिक मुद्दा लगाएर जेलमा राखिएका नेकपाका तत्कालीन रूपन्देही जिल्ला इन्चार्ज पुनलाई स्वागत गर्नु भएको हो । पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा शुक्रवार बिहान महासचिव विप्लवले सङ्गमलाई स्वागत गर्नु भयो ।महासचिव चन्दले सङ्गमलाई स्वागत गर्दा केन्द्रीय कार्यालयको टिम सहभागी रहेको थियो ।
जेल मोर्चा जितेर क्रान्तिमा लामबद्ध भएकोमा चन्दले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।नेकपाका युवा नेता सङ्गमलाई सरकारले कर्तव्य ज्यानलगायत कयौँ मुद्दा लगाएर कारागारमा राखेको थियो । उहा जिल्ला अदालत कपिलवस्तुको आदेशमा बिहीबार रिहा भएका हो । उहा लामो समय कपिलवस्त् र रुपन्देहिमा जिल्ला ईन्चार्जको रुपमा काम गर्दै आउनु भएको थियो ।उहा सरल स्वभावका श्रमजीवि नेताको रुपमा चिनिनु हुन्छ ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६