खोज–अनुसन्धान

मापदण्ड विपरीत गरिएको सरुवा बदर आदेश आएन : प्रशासनिक अदालत जान सुझाव




रुपन्देही १४ फागुन । प्रदेश सरकारले सरुवा गरेका लेखा समूह अन्तर्गतका कर्मचारीले सरुवा बदरको माग गर्दै दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश गर्न अस्वीकार गरेको छ ।लुम्बिनी प्रदेश अन्तर्गतका मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत ८२ जना लेखा समूहका कर्मचारीलाई आर्थिक मामिला तथा सहकारी मन्त्रालयले माघ २६ गते सरुवा गरेको थियो । प्रदेश सरकारको आर्थिक कार्यविधि ऐन २०७४ ले लेखा समूहका जनशक्तिको व्यवस्थापन तथा परिचालन प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको परामर्शमा आर्थिक मन्त्रालयले गर्ने उल्लेख छ ।
त्यस्तो सरुवा हरेक वर्षको असोज महिनामा हुने उल्लेख छ ।आर्थिक मन्त्रालयले प्रदेश कोष तथा लेखा नियन्त्रणको परामर्शसमेत नलिइ माघमा सरुवा गरेको र त्यो आर्थिक कार्यविधि ऐन विपरीत रहेको भन्दै लेखा अधिकृत रवि पाण्डेय, टंक पंगेनीसहितका १२ कर्मचारीले फागुन ४ गते तुलसीपुर उच्च अदालतको बुटवल इजलासमा मुद्दा दायर गरेका थिए ।मुद्दाको बिहीबार भएको छलफलपछि उच्च अदालतका न्यायाधीश हरीप्रसाद पौडेल पौडेल र ममता खनालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको हो ।
मुद्दामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालयसहित ५ जनालाई विपक्षी बनाइएको थियो । आदेशमा कर्मचारीलाई प्रशासनिक अदालतमा जान सक्ने सुझाव दिएको छ ।लेखा अधिकृत टंक पंगेनीले सरकारले आर्थिक कार्यविधि ऐन र प्रदेश निजामती कर्मचारी नियमावली विपरीत अवकाश हुन ६ महिना बाँकी रहेकादेखि अवधि नपुगेका कर्मचारीलाईसमेत सरुवा गरेकाले त्यो बदर गर्न माग गरेको बताए । आर्थिक मामिला मन्त्रालयका अधिकृत एवं सूचना अधिकारी सुरेश भुसालले भने कर्मचारीको सरुवा मन्त्रालयकै अधिकार क्षेत्र भित्रको कुरा भएको र त्यही अनुसार सरुवा भएको बताए ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६