खोज–अनुसन्धान

अदालतको आदेशमा रिहा भएका नेता संगमले थाले शहिद परिवारको घरदैलो



कपिलवस्तु १४ फागनु । कपिलवस्तु अदालतको आदेशमा २० महिनापछि रिहा भएका नेकपा विप्लव समुहका नेता संगम पुनले कपिलवस्तुका शहिद परिवारको घरदैलो अभियान शुरु गर्नु भएको छ । विगतको क्रान्तिमा ज्यान गुमाएका योद्धाका परिवार यतिबेला राज्य सत्तामा पुगेका प्रचण्ड लगायतका नेतावाट बेसहारा बनेको भन्दै क्रान्तिको सम्मान गर्न घरदैलोमा लागेको वताउनु भयो । उहाले भन्नु भयो हामी अहिले अरु दिन सक्ने अवस्थामा छैनौ सहानुभूती दिन सक्छौं । आषाको दियो निभ्न नदिन सघाउन सक्छौ त्यसैले शहिद परवारको बीच पुगेर भेटघाट थालेको छु नेता संगमले भन्नु भयो ।

पार्टीका श्रद्धेय महासचिव नेत्र विक्रम चन्द पनि जुन जिल्ला पुगेपनि शहिद परिवारलाई भेटघाट गर्ने दुख पीडा सुन्ने गरेको वताउदै शहिद परिवार अझैपनि आफूहरु प्रति आशावादी रहेको उहाले वताउनु भयो । कपिलवस्तु गजेहडाका वासिन्दा नेता पुन रुपन्देही इन्चार्ज रहेका वखत प्रहरीवाट गिरफतारीमा पर्नु भएको थियो । विप्लव लगायतका नेता सरकारसंगको वार्तावाट सार्वजनिक भएपनि उहा माथि ब्यक्ति हत्याको अभियोग प्रहरीले लगाएकाले छुट्न पाउनु भएको थिएन । तर कपिलवस्तु अदालतले उहा निर्दाेष रहेको भन्दै रिहा गर्न आदेश दिएपछि बीहिार कारागारको २० महिने वसाईवाट मुक्त हुनु भएको हो । त्यस लगत्तै उहा शहिद परिवारका घरदैलोमा पुगि रहनु भएको छ । यो क्रम केहिदिन निरन्तर अघि वढ्ने नेता पुनले वताउनु भएको ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६