खोज–अनुसन्धान

गण्डकी प्रदेश सरकार संकटमा :फेरि मनाङे नै निर्णायक



बुटवल १७ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीलाई पारित गरेकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएपछि गण्डकी प्रदेश सरकार संकटमा परेको छ।

गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले बाहिरिने निर्णय गर्दा संघीय सरकारलाई असर नपरे पनि २ मतको फरकमा रहेको गण्डकी प्रदेश सरकारलाई भने अल्पमतमा पर्ने देखिएको छ।यद्यपि जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिए, नलिएको बारे स्पष्ट भइसकेको छैन्।

यदि गण्डकी प्रदेशमा समेत राष्ट्रिय जनमोर्चाले दिएको सर्मथन फिर्ता लिने निर्णय गरे मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले विश्वासको मत लिनुपर्ने छ। गण्डकी प्रदेश सरकारमा जनमोर्चाका २ सांसद छन्।
राष्ट्रिय जनमोर्चाले सर्मथन फिर्ता लिए गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने देखिएपछि गण्डकी सरकार हटाउन भित्री तयारी सुरु भएको बुझिएको छ ।

पोखरेलले गत २ असारमा विश्वासको लिँदा ३१ मत प्राप्त गरेका थिए। ६० सदस्यीय प्रदेश सभा भए पनि अहिले ५९ सदस्य छन्। ३ जना प्रदेशसभा सदस्य रहेको राष्ट्रिय जनमोर्चाले यस अघि नै प्रदेशसभा सदस्य कृष्ण बहादुर थापालाई पदमुक्त गरेका कारण बिपक्षमा समेत बहुमत पुग्ने अवस्था छैन्। विश्वासको मत पाउन ३० सांसद आवश्यक हुन्छ। जनमोर्चा बाहिरिदा सरकारका पक्षमा २९ मात्रै हुने भएकाले सरकार स्पष्टरुपमा अल्पमतमा पर्छ।

हाल पोखरेल सरकारलाई कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, जनता समाजवादी पार्टी (जसपा)का दुई, राष्ट्रिय जनमोर्चाका दुई र एक स्वतन्त्र सांसदको साथ छ।प्रदेशसभामा एमालेका २७ सांसद छन्। हालको सरकारबाट बाहिरिएर जनमोर्चाले एमालेलाई साथ दिँदा पनि सरकार बन्न सक्ने अवस्था छैन्। त्यस्तो अवस्थामा स्वतन्त्र सांसद राजिव गुरुङ नै निर्णायक हुने देखिन्छन्।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६