जीवनशैली

मेलाबाट फर्कने क्रममा ट्रयाक्टर दुर्घटना १८ घाईते



कपिलवस्तु १७ फागुन । कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुदाँ १८ जना घाईते भएका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेईमा मंगलबार आज करिब दिउँसो ३ बजे लु ४ त ४४९२ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा एक घाईते एक जनाको अवस्था गम्भिर रहेको र थप उपचारको लागी भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तौलिहवाको तौलेश्वरनाथ मन्दिरमा लागेको मेला हेरेर घर फर्कने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरुलाई सामान्य चोटपटक लागेको प्रहरीको भनाई छ ।ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६