कपिलवस्तु १३ मंसिर
कपिलवस्तुको राजापानी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट अध्यक्षमा सन्तराम रौतार निर्वाचित हुनुभएको छ।
निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रौतारले १ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी दिनानाथ पाण्डेले ४ सय ८० र कर्णबहादुर कुँवरले १ सय ३५ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी उपाध्यक्षमा गीता थापा ७ सय ६३ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी विमला राना कुँवरले ४ सय ४७ र ज्ञानमती थारूले २ सय ६५ मत प्राप्त गर्नुभएको छ।

सचिवमा इन्दिरा कुमारी विक ८ सय २४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने अमृता थारूले ७ सय ५१ मत प्राप्त गर्नुभएको छ। सहसचिवमा छोटु थारू ८ सय ८७ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी लोकबहादुर थापाले ६ सय ८४ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, कोषाध्यक्षमा हरिद्वार प्रसाद थारू ९ सय १४ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी मनिषा पाण्डेले ६ सय ४१ मत प्राप्त गर्नुभएको छ।
लेखा संयोजकमा गोपालमणि ज्ञवाली ९ सय १४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने गुणनिधि खनालले ६ सय ४१ मत प्राप्त गर्नुभएको छ। लेखा सदस्यमा सुरज लाल थारू ८ सय ५६ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी बैजनाथ चौधरीले ६ सय ३३ मत प्राप्त गर्नुभएको छ।
निर्वाचनबाट नयाँ नेतृत्व चयन भएसँगै सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, पारदर्शिता र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने जिम्मेवारी निर्वाचित नेतृत्वमाथि आएको छ। वनको संरक्षणसँगै वन पैदावारको न्यायोचित उपयोग, जैविक विविधताको संरक्षण तथा उपभोक्ताको सक्रिय सहभागिता सुनिश्चित गर्नु नयाँ कार्यसमितिका लागि महत्वपूर्ण विषय हुनेछन् ।









प्रतिक्रिया