अर्थ-वाणिज्य

कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उदघाटन



कपिलवस्तु १ चैत –कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उदघाटन गरिएको छ । जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा रहेको कृष्णनगरमा बसपार्क नहुदाँ सावारी साधन पार्कीङ्ग गर्न समस्या हुदै आएको थियो । कृष्णनगरमा बसपार्क पार्कीङ्ग स्थल नहुदाँ सावरी साधनहरु सडकमै पार्कीङ्ग हुदै आएको थियो ।

बसपार्क उद्घाटन कार्यक्रमा बोल्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य सांसद अभिषेक प्रताप शाहले बसपार्क व्यवस्थापन भए कृष्णनगरको मुहार फेरिने बताउनुभयो । विगत लामो समय पश्चात मात्र यहाँ बसपार्क स्थापना गर्न पाउदा निकै खुसी महसुस भएको बताउनुभयो । आउने दिनमा बसपार्कलाई आफुले सक्दो सहयोग गर्ने आस्वासन दिनुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका नगर प्रम्ुख रजत प्रताप शाहले बसपार्क निर्माणमा आफनो सक्दो सहयोग रहनु बताउनुभयो । नगरपालिको तर्फबाट विकास निर्माणको कार्य अघि बढीरहेको बताउनुभयो ।

कृष्णनगर विद्युत कार्यालय आगाडी रहेको खाद्य संस्थानको जग्गा लिजमा लिएर बसपार्क निर्माण गरीएको छ । अलिशा सप्लायर्सले बसपार्क सन्चालन गरेको व्यवस्थापक नसरुल्लाह खानले जानकारी दिनुभयो ।
कुल १ विघा ७ कठा ३ धुर जग्गामा रु ३० लाखको लागतमा कृष्णनगरमा बसपार्क सन्चालन गरेको सन्चालक खानले जानकारी दिनुभयो । कृष्णनगर यातायात प्रा.ली जावेद आलम खानको अध्यक्षमा बसपार्कको उदघाटन गरीेएको हो । कार्यक्रमा पश्चिम नेपाल बस व्यवसायी अध्यक्ष दधिराम खरेल, समाजसेवी मंगल प्रसाद गुप्ता, मौलान मकसुद खा नेपाली, तुफेल खान, लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६