खोज–अनुसन्धान

एमालेले यसपाली विगत भन्दा धेरै स्थानमा जित्ने ४ आधार प्रस्तुत




कपिलवस्तु १ चैत्र ।नेकपा एमालेका केन्द्रिय नेता एवम कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले यसपालीको स्थानीय चुनावमा एमालेले विगतमा भन्दा बढी सिट ल्याउने दावि गर्नु भएको छ ।उहाले वर्तमानमा एमालेको मधेसमा बढ्दो क्रेज,माओवादीवाट एमालेमा आएका हजारौ नेता र कार्यकर्ताको सकृयता ,गठबन्धनको टिकट वितरणमा उत्पन्न हुने मनमुटाव जस्ता कारणले एमाल विगतमा भन्दा धेरै स्थानमा जित्न सफल हुने दावि गर्नु भएको हो । एमाले बाणगंगा नगरको पूर्ण बैठकलाई जीतपुरमा संबोधन गर्दै उहाले यस्तो वताउनु भएको हो ।


बैठकमा बोल्दै एमालेका केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीले एमालेले जितेका सबै स्थानमा पारदर्शीता पूर्वक काम भएको वताउनु भयो । यसैगरी एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले एमालेमा अव कुनैपनि नेतानेता बीच र कार्यकर्ता कार्यकर्ता बीचमा अन्तरविरोध नभएको भन्दै यस्तो एकमना एकताको शशक्त पार्टीले चुनाव नजितेर कसले जित्छ ? प्रश्न गर्नु भयो । बैठकमा एमालेका निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोखरेलले बोल्दै कपिलवस्तुमा एमाले हिजो देखी आज सम्म एक ढिक्का रहेको वताउदै समाजवादीले एमालेलाई कहि कतै कुनै असर नगर्ने दावि गर्नु भयो ।


नगर कमिटीका अध्यक्ष युबराज पोखरेलको अध्यक्षता र सचिव विष्णु गिरीको सहजीकरणमा सम्पन्न बैठकले चैत्र ५ गते ११ वटै वडाका बैठक अलगअलग रुपमा सम्पन्न गर्ने,चैत्र १० भित्र टोलकिमटी गठन नभएका वडामा गठन गरि सक्ने , जनसंगठनका गठनहुन वाकी पालिकास्तरका कमिटी समेत १० चैत्र भित्रै भेला गरि गठन गर्ने निर्णय गरेको अध्यक्ष युवराज पोखरेलले वताउनु भयो ।बैठकमा एमालेका प्रदेश नेता कृष्ण पौडेल ,जंजिर थारु,जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारु ,बाणगंगाका उपमेयर चक्रपाणी अर्याल ,जिल्ला सचिवालय सदस्य विश्व कार्की भेषराज पाण्डे लक्ष्मण बेल्वासे राधेश्याम न्यौपाने लगायतको आतिथ्यता थियो ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६