अर्थ-वाणिज्य

आज समुद्घाटन हुने कपिलवस्तु महोत्सवमा ४ आकर्षण विल्कुल नयाँ



पार्वती पाण्डे
कपिलवस्तु ३ चैत्र ।आज अपरान्ह २ वजे समुद्घाटन हुने कपिलवस्तु महोत्सवमा यसपाली विगतमा भन्दा केहि फरक नयाँ आकर्षणका केन्द्र विन्दु रहेका छन् । जस अनुसार पहिलो आकर्षण हो विश्वकै अग्लो युएईको नमुना गेट बुर्ज खलिफा । करिव ५२ फुट अग्लो बुर्ज खलिफा महोत्सवको प्रवेशद्धारका रुपमा रहेको छ । त्यसैगरी दोश्रो आकर्षणका रुपमा नेपालमा अहिले सम्म वनेका र बन्ने गरेका मञ्च मध्ये सबै भन्दा ठूलो र फराकिलो ब्यवस्थित मञ्च बनेकोछ । शिवको भक्तप्रेमी विशाल रुपको मूर्ति अर्काे आकर्षणको स्थापना भएको छ ।

त्यसैगरी भक्तजनलाई बरदान दिने शैलीमा गौतम बुद्धको स्थायी प्रकृतिको मूर्ति महोत्सव परिसरमा स्थापना गरिएको छ । यी ४ विल्कुल नया आकर्षण हुन् । यस्तै अरु आकर्षण स्टल केन्द्रित रुपमा रहेका छन् । चैत्र ३ देखि १३ सम्म संचालन हुने १२ औं कपिलवस्तु महोत्सव उद्योग बाणिज्य संघको कपिलवस्तुको आयोजनामा आज अपरान्अमा समुद्घाटन हुने छ । कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको समुद्घाटन गृहमन्त्री बाल कृष्ण खाणले गर्नु हुनेछ ।

उद्योग वाणिज्यसंघका अध्यक्ष डोलकराम घिमिरेले सबैबाट प्राप्त सल्लाह सुझावलाई आत्मासाथ गर्दै महोत्सवलाई सभ्य तवरबाट सम्पन्न गर्न आयोजक प्रतिवद्ध रहेको बताउनु भएको छ । समुद्घाटन समारोहमा सबै कपिलवस्तुवासी र छिमेकी जिल्लाका वासिन्दालाई उपस्थित हुन उहाले आग्रह गर्नु भएकोछ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने र ५ करोड बराबरको कारोबार हुने आयोजकले अपेक्षा गरेको

प्रकाशित : ३ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६