अर्थ-वाणिज्य

कपिलवस्तु महोत्सव उद्घाटनमा जे देखियो : गृहमन्त्री खाँण सहितका नेताको संबोधनमा के थियो ?



सरिता थारु
कपिलवस्तु ४ चैत्र । कपिलवस्तुको बुद्ध रंगशाला जीतपुर ४ नम्वरमा १२ औं कपिलवस्तु महोत्सव उद्घाटन गर्ने गृहमन्त्री बालकृष्ण खांणले एकातिर एमसीसी जस्ता परियोजना निरन्तर स्वीकार्ने उद्घोष गर्नु भयो भने अर्काे तर्फ कपिलवस्तु महोत्सवले शिथिल अर्थतन्त्र चलायमानलाई पार्ने तर्क गर्नु भयो । असन्न स्थानीय चुनाव तोकिएको मितिमै हुने भन्दै सो चुनवाले राजनीति कोर्ष बदल्ने तर्क गर्नु भयो ।उहाले पछिल्लो समय उद्योग व्यवसायहरु विभिन्न चुनौती र संकटको सामना गर्नु परेको बताउदै देशको भौतिक विकासको लागि एमसीसी परियोजना ल्याइएको बताउदै उद्योगि व्यापारीहरु खुसी हुनुपर्ने बताउनु भयो ।

१२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको उद्घाटनका क्रममा लुम्विनी प्रदेशका पर्यटन तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले कपिलवस्तुको विकासमा पर्यटन क्षेत्र र उद्योगको विकाससंगसंगै अघि वढाउनु पर्ने तर्क गर्नु भयो । चौधरीले भगवान गौतम बुद्धको राजधानी तिलौराकोटको र कपिलबस्तुको विकासका लागि वर्तमान संघिय सरकार र प्रदेश सरकारले ठुलो टेवा पुराउने दावि गर्नु भयो ।संक्षिप्त उद्घाटन समारोहमा एमालेका केन्द्रिय नेता बलराम अधिकारीले संवोधन गर्दै कुनै राजनैतिक शक्तिले देश संचालनको साँचो दशकौं पाएपनि केहि गर्न नसकेको भन्दै कांग्रेसप्रति लक्षित गर्नु भयो।


देशको आर्थिक विकास पछिल्ला ३/४ वर्षमा द्रुत भएको भएपनि केहि अवरोध आएको उहाले वताउनु भयो । महोत्सवको सफलताका लागि पार्टीपंक्तिले जस्तो सुकै अवस्थामा पनि सघाउने आश्वासन दिनु भयो । नेपाली कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुनले गृहमन्त्री खाणको नेतृत्वमा लुम्विनी क्षेत्रको दिर्घकालिन प्रभावपार्ने राष्ट्रिय महत्वका काम हुने वताउनु भयो ।
कपिलवस्तु उद्योग वाणिज्यसंघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता , महासचिव मनोज पौडेलको संचालन र निर्देशक छवि रेष्मीको स्वागत मन्तब्यका बीच भएको उद्घाटन शत्रमा चैत्रको गर्मीको समेत प्रवाह नगरी झाँकी जुलुश सहितको विभिन्न शिक्षण सस्था ,संघ सस्था र धार्मिक एवम सास्कृतिक समुहको सहभागिताले उद्घाटनलाई भब्य वनाएको थियो । महोत्सवमा राखिएका २८० स्टल मध्ये लगभग ९५ प्रतिशत स्टल सूचारु भएपनि ५ प्रतिशत स्टलमा भने ब्यवासायी सामान ल्याएर आउने क्रम उद्घाटनको दिन सम्म जारी देखिन्थ्यो ।महोत्सवको अफिसियल मिडियाको रुपमा रहेको बुद्ध आवाज टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेकाले महोत्सव स्थलमा जान नसकेकाले घरपसलमा वसेर समेत महोत्सवको उद्घाटन समारोह हेरेका थिए । निकै ब्यवस्थित र भब्य मञ्च बनाइएकाले उद्घाटन शत्रमा विभिन्न क्षेत्रवाट आमन्त्रीतहरुलाई राखिएको थियो ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६