प्रदेश

नदीमा बेपत्ता तीनै जनाको शव भेटियो



सुर्खेत, ०४ चैत्र । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ ।

उनीहरु गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका थिए । लेकवेशी नगरपालिका २ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीका अनुसार भेरीगंगा नगरपालिका ११ का १२ वर्षीय कृष्ण सिंजाली र १२ वर्षीय गंगा खड्काको बिहीबार शव शव भेटिएको हो । उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार भेटिएको दुवै जना बालवालिकाको शव पोष्टमार्टमाका लागि मेहलकुना अस्पतालमा राखिएको डीएसपी घर्तीले बताए ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६