काठमाडौं,०४ चैत्र। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा शुक्रबार देखि सुरु भएको छ ।शिवगढीमा एक घण्टा बसेर बिप्लव समुहको केन्द्रिय बैठक स्थगित भएको छ । खासगरी महासचिव नेत्र विक्रम चन्दले राजनैतिक प्रतिबिेदन पेश गरेपछि सोको अध्ययनपछि शनिवार बस्ने गरी बैठक स्थगित भएको हो । दिउसो ३ वजे शुरु भई ४ वजे बैठक स्थगित भएको सहभागि एक नेताले जानकारी दिए ।
झण्डै हप्ता दिनसम्म चल्न सक्ने यो बैठकमा देशको समसामयिक परिस्थितिका विषयमा छलफल हुने पार्टीका एक नेता गोकर्ण विष्टले बताउनुभयो ।बैठक हप्तादिनसम्म चल्नेछ । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदमा पास भएको छ । यी लगायत निर्वाचनका विषय जनतामा कसरी लाने भन्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो ।बिप्लवको प्रतिबेदनमा चुनाव उपयोग गर्ने प्रस्ताव पेश गरिएको छ ।खासगरी, आसन्न निर्वाचन सम्बन्धमा पनि पार्टीमा छलफल भएको र यसमा फरक मत पनि आएको उहाँले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको बैठकमा जनताको पक्षमा निर्णय हुनेछ । नेताहरु एकमत हुनुहुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया