खोज–अनुसन्धान

पह शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति



तनहुँ ४ चैत : नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका अभिनेता पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ । शाहविरुद्ध आज शुक्रवार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।

शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गएको फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ । यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६