अर्थ-वाणिज्य

कपिलवस्तु प्रहरीको चमत्कारीक कार्य सम्पादन : १ महिनामा ३८ लाख भन्सारछलिको राजश्व संकलन




पार्वती पाण्डे
कपिलवस्तु ५ चैत्र
कपिलवस्तु प्रहरीको चमत्कारीक कार्य सम्पादन भएको तथ्य स्वयम प्रहरी नै पेश गरेको तथ्यले पुष्टि गरेकोछ । १ महिनामा ३८ लाख भन्सारछलिको राजश्व संकलन गरेर यस्तो संकेत गरेको हो । प्रहरीले फागुन महिनाभर ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । फागुनको कार्य प्रगती तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो ।
प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ३८ लाख ३५ हजार संकलन गरेको छ । किराना सामग्री, सवारीसाधन, लत्ताकपडा र नदीजन्य पदार्थतर्फ उक्त रकम संकलन भएको हो । ट्राफिक कारबाहीबाट १९ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कपिलवस्तु प्रहरीले फागुनभरमा १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले फागुनमा ७४ मुद्दा दर्ता भएकोमा ४६ वटा फछ्र्योट गरेको छ । यसमा बीचमा जिल्लामा १५ जनाले आत्महत्या गरेका छन् । प्रहरीले फागुनमा १२ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
यसबीचमा कपिलवस्तु वाणगंगा नगरपालिका–१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन् । यशोदाको गत १० मंसिरमा हत्या भएको थियो । सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो । एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दुईबीच शारीरिक सम्पर्कपछि विवाद हुँदा शम्भुले यशोदाको हत्या गरेको थाहा भएको छ । पक्राउ परेका देवर शम्भुलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, आफ्नै १२ वर्षीया सौतेनी छोरीको हत्या गरेको आरोपमा बाणगंगा नगरपालिका–१ उत्तमनगर निवासी सीता नेपाली पक्राउ परेकी छन् । हातहतियार, लागूऔषधसहित पनि कपिलवस्तु प्रहरीले अन्य व्यक्तिलाई पनि यस अवधिमा पक्राउ गरेको छ । फागुनमा आन्तरिक शुद्धीकरणतर्फ प्रहरी हवल्दार १ जनालाई नसिहद र प्रहरी जवान ७ जनामध्ये ६ जनालाई नसिहद तथा १ जनालाई सुरुको स्केल घटाइएको छ । उक्त अवधिमा एक जना प्रहरी निरीक्षक, १ हवल्दार र ५ प्रहरी जवानलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले आगामी स्थानीय चुनावलाई केन्द्रित गरी सुरक्षा संवेदनशीलताका सम्बन्धमा थप सूचना संकलन गरिने, फरार प्रतिवादीहरुको खोजी कार्यलाई निरन्तरता दिइने, जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिइने, लामा दुरीको गस्ती बढाइने, अपराध हुने स्थानहरुलाई लक्षित गरेर प्रोएक्टिभ र रिएक्टिभ प्रहरी गतिविधि बढाइने बताए ।पुराना फछ्र्योट हुन बाँकी पेन्डिङ मुद्दा अनुसन्धान कारबाहीलाई आगामी कार्ययोजनामा राखिएको उनले बताए । सीमा अपराध नियन्त्रणका लागि सीमा क्षेत्रमा एआरपी तथा प्रहरी क्रियाकलापमा वृद्धि गराई सूचना संकलन गरिने एसपी कार्कीले जनाए ।

प्रकाशित : ५ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६