जीवनशैली

निर्वाचन आयाेगलाई ओलीकाे प्रश्न : उम्मेदवारी दर्ता गर्न किन २ दिन समय दिएकाे ?



इलाम ६ चैत – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ताका लागि दुई दिन समय छुट्याएकोमा आपत्ति जनाउनुभएको छ ।

इलामको फिक्कलमा आज आइतवार भएको आमसभामा अध्यक्ष ओलीले यसअघि सधैँ उम्मेदवारी दर्ताका लागि एक दिनको समय दिने निर्वाचन आयोगले यस पटक किन दुई दिन दिएको भनेर प्रश्न गर्नुभयो । पाँच दलीय सत्ता गठबन्धनमा उम्मेदवारको विषयमा कुरा नमिलेमा फेरि भोलिपल्ट पनि उम्मेदवार दिन पाइने व्यवस्था आयोगले गेरेको ओलीको आरोप छ ।

आयोगले मतपत्रमा रुखको रङ्ग हरियो बनाउनका लागि हरियो रङ रोजेको भन्दै ओलीले सूर्य कसरी हरियो हुन्छ भनेर प्रश्न गर्नुभयो । सत्ता गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरिरहेको ओलीले जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले चुनावमा सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी गर्नुभयो । एमालेलाई दुई तिहाइ बहुमत ल्याउनबाट रोक्न २०५४ सालमा पनि पार्टी विभाजन गराएको भन्दै त्यो बेला एमालेले दुई तिहाइ ल्याउनबाट रोकिए पनि अहिले त्यस्तो नहुने उहाँकाे भनाइ छ ।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६