जीवनशैली

भन्सार छलेर ल्याएको सामानसहित दुई जना पक्राउ



काठमाण्डाै २९ चैत – नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डाै र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाण्डौ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाण्डाै महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

अग्रवालले काठमाण्डाै महानगरपालिका–२४ असनमा सञ्चालन गर्दै आएकाे हनुमान ट्रेड कन्सर्न पसलको गोदामबाट कपडा फेला पारेको प्रवक्ता मैनालीले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६