ओखलढुङ्गा, ३० चैत्र । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हर्कपुर नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाउने प्रहरीको सङ्ख्या तीन पुगेको छ । विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप मानेभञ्ज्याङ गाउँपालिका ६ हर्कपुर भन्ने ठाउँमा भिरबाट तल खसेको थियो ।
दुर्घटनामा सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी जवान मनिष राजवंशीको घटनास्थलमै र प्रहरी जवान रूपक विष्टको कटारी नगरपालिका १४ को घुर्मीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।प्रहरीहरू चढेको जीप दुर्घटना हुँदा अन्य ६ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये सात जनाकै अवस्था गम्भीर भएकाले उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट नेपाल प्रहरी अस्पताल काठमाण्डौ ल्याइएको छ ।
प्रतिक्रिया