प्रदेश

हत्यामा संलग्न चार जना पक्राउ



काठमाण्डौ, ०२ वैशाख । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जनामध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सीमानाकाबाट वैशाख १ गते राति पक्राउ गरिएको जानकारी गराएको हो । यसरी पक्राउ पर्नेहरुमा जानकी गाउँपालिका वडा नम्बर ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन्।

केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरुलाई कामको खोजी गर्ने क्रममा बेलहिया सीमानाकामा आएको खबर आएपछि स्थानीय प्रहरीको समन्वयमा महाशाखाले खटाएको विशेष टोलीले पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले मोबाइल सेट चोरीको आरोपमा दासको हत्या गरेको बयान दिएका थिए । हत्याको आरोपमा संलग्न चारै जनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको र आजै उनीहरुलाई कैलाली प्रहरीमा जिम्मा लगाइने प्रवक्ता कोइरालाले बताउनु भयो । महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरु लागुऔषध सेवनमा संलग्न रहेको पनि जनाएको छ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६