बिजनेस

मेयर कौशल किशोर चुनावकै मुखमा एमाले प्रबेश




सर्लाही ५ बैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट विजयी कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्ततः नेकपा एमाले प्रवेश गरेका छन।सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेयर यादवलगायत बिभिन्न पार्टीवाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे।‘मेयर, वडा अध्यक्षहरु, बिगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनु भएको छ एमाले केन्द्रिय सदस्य बद्री न्यौपानेले भने,।‘उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना भएको आमसभालाई ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्वोधन गरेका छन।
उनका अनुसार आजको पार्टी प्रवेश कार्यक्रमा लालबन्दी नगरपालिका–११ मा माओवादीवाट बिजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीवाट पर्सा गाउँपालिका–३ मा बिजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसवाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत बिभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गरेका छन।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६