प्रदेश

निर्वाचनमा देशभर १० हजार पर्यवेक्षकले पर्यवेक्षण गर्ने



काठमाडौं, ०९ वैशाख । स्थानीय तह निर्वाचनमा देशभर १० हजार पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् ।
निर्वाचन आयोगले मापदण्ड पूरा गरेका ४४ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको हो । पर्यवेक्षकहरुले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाउने छैनन् । उनीहरुलाई मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदासम्म अनुगमन गर्न अनुमति दिइएको छ ।

पर्यवेक्षकहरुले निर्वाचन सकिएपछि तोकिएको अवधिमा निर्वाचन आयोगमा प्रतिवेदन बुझाउनुपर्छ । पर्यवेक्षकहरुले स्थानीय तह निर्वाचनमा कम्तिमा पनि हरेक प्रदेश समेटिने गरी ५० मतदानस्थलको अवलोकन गर्नुपर्नेछ । प्रचलित कानून वा निर्वाचन आचारसंहिताको उल्लंघन गरेमा पर्यवेक्षको अनुमतिपत्र रद्द हुनेछ । अनि एउटा मतदान स्थलमा एउटा संस्थाले एक भन्दा बढी पर्यवेक्षक खटाउन नमिल्ने जनाइएको छ। साथै एक जना व्यक्ति एउटा भन्दा बढी संस्थाको पर्यवेक्षक बन्न पनि नपाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६