ब्रेकिंग न्युज

कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा प्रकाशित २०७९ सालको भित्तेपात्रो विमोचन




हरि घिमिरे, ०९ वैशाख ।
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा प्रकाशित गरिएको भित्तेपात्रोको एक कार्यक्रमका विच विमोचन गरिएको छ । उद्योग बाणिज्य संघको सभाहलमा शुक्रवार पात्रो विमोचन गरिएको हो । विगतका बर्षहरुमा जस्तै यस बर्षपनि कपिलवस्तु उद्योग वाणिज्य संघले नयाँ बर्ष २०७९को शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ ।
विमोचन कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री दिपकुमार उपाध्यायले बोल्दै कपिलवस्तु उद्योग बाण्ज्यि संघले गरेका हरेक काम प्रशसनिय रहेको बताए । कपिलवस्तु उद्योग बाण्ज्यि संघले गतिशिल समयलाई समयमै चिनेर शुधारान्मोख दिशातिर प्रवाह भएर लाग्नु पर्ने बेला आएको उनको भनाई छ । “सधैभरि राजनितीक रुपमा संवृद्धिका कुरा गर्छै, संवृद्धि भुल्दौ जन्छौ” उनले भने । उपाध्यायले भने संस्था, टोल, नगर, जिल्ला, प्रदेश तथा समंग्र राष्ट्रको विकास गर्ने हो भने परिर्वतनको सुरुवात आफौं बाट गर्नु पर्छ ।
यस्तै कार्यक्रमका विसिष्ट अतिथी प्रदेश शभा सदस्य विष्णु पन्थीले कपिलवस्तु उद्योग बाणिज्य संघ राष्ट्रको चिनारी बनेको बताएका छन् । केहि बर्ष अगाडि देखि चालु रहेका कामको नयाँ निरन्तरता दिनुले पनि नगरवासिमा एकताको संन्देस पुगेको उनको भनाई छ । देश भर गरेर खानेको सम्भावना न्युन छ । यसलाई कपिलवस्तु उद्योग बाणिज्य संघले मजुदर वर्गलाई संरक्षण गरेर गरिखाने बाटो देखाउनु पर्नेमा उनले जोड दिए । उनले भने “बाणगंगा नगरपालिका सम्भावनाको खानि भएकाले यहाँका मजदुर वर्गलाई शंरक्षण गर्न जरुरी छ ।”
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमानाथ पौडेल, पुर्व अध्यक्ष विष्णु न्यौपाने, हुमनाथ पौडेल, महिला उपाध्यक्ष ईन्दीरा तिमिल्सिना, कपिलवस्तु नागरीक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगाएतले आ–आफ्नो भनाई राख्दै नबवर्षको सम्पुर्णमा शुभकामना व्यक्त गरेका थिए ।
भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा पात्रो प्रकाशन संयोजक शालिकराम भुसालको स्वागत तथा संघका महासचिव मनोज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६