प्रदेश

माओबादी केन्द्र कपिलवस्तु नगर समितिको घोषण पत्र, पत्रकारलाई ५ लाख सम्मको दुर्घटना बिमा (पुर्णपाठ)




हरि घिमिरे, १० वैशाख
नेकपा माओबादी केन्द्र कपिलवस्तु नगर समितिले आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी घोषण पत्र सार्बजनिक गरेको छ । कपिलवस्तु नगरपालिका– २ जमुहारटोल स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रिय सदस्य जीत बहादुर चौधरी, प्रदेश सदस्य बिष्णु बेल्बासे , नगर अध्यक्ष तथा मेयर पदका उम्मेद्वार शत्रुघन बिलास चौधरी, नेता मिलन उपाध्यायले घोषण पत्र सार्बजनिक गरेका हुन । २३ बुदे घोषण पत्रमा कपिलवस्तु नगरपालिकालाई स्मार्ट सिटी बनाउने, प्रत्येक वडामा दमकल एम्बुलेन्स र पत्रकारहरुलाई ५ लाख सम्मको दुर्घटना बिमा र न्युनतम पारिश्रमिक दिने उल्लेख गरिएका छन् ।

यस्तै कक्षा १२ सम्म निःशुल्क शिक्षा, कन्या कलेजको स्थापना, सकुम्बासीलाई लालपुर्जा बितारण गर्ने कपिलवस्तु नगर भित्र रहेको सम्पदाको संरक्षण गर्न कपिलवस्तु विकास समिति गठन, कपिलवस्तु क्याम्पसलाई त्रिबिको आंगिक क्याम्पस बनाउन पहल, बेटी पढावे शिक्षित बनावै कार्यक्रम संचालन गरिने छ । घर निर्माणकालागि वडाबाटै निःशुल्क नक्सा पास, बाल उद्यान र राष्ट्रिय स्तरको खेल मैदान, न्युन आय भएका सुत्कोरीलाई ५ हजार भत्ता, बिपन्न बर्गहरुलाई जनता आवास कार्यक्रम लागतयका रहेका छन ।

सो अवसरमा बैकल्पिक केन्द्रिय सदस्य चौधरीले देशमा गणतन्त्र र संबिधान निर्माणकालागि मुख्य योगदान दिने माओबादी केन्द्र रहेको दाबी गरे । उनले देश विकासमा सबै भन्दा बढी योगदान दिने पार्टी रहेकोले माओबादी केन्द्रलाई जिताउनु पर्ने बताए । सो अवसरमा प्रदेश सदस्य बिष्णु बेल्बासेले देशकै पुरानो कपिलवस्तु नगरपालिका अझै सम्म धेरै पिछडिएको बताए । उनले धेरै बर्ष सम्म यहा मेयर र उप मेयर बने तर यसको विकास भने हुन नसकेको उनले बताए । ‘अब कपिलवस्तु नगरपालिकाको समग्र विकासकालागि माओबादी केन्द्रलाई अवसर दिनु पर्छ’ उनले भने ।

नगर अध्यक्ष तथा मेयरका प्रत्यासी चौधरीले आफु बिगत २० दशक देखि राजनीतिमा होमिएको र यहाँका समस्या बारे अवगत रहेको बताए । उनले नगरपालिको समग्र विकासकालागि यस पटक माओबादी केन्द्रलाई जनताले जिताउने उनले दाबी गरे । उनले माओबादी केन्द्र तर्फ जनताको आकष्र्ण बढेको जिकिर समेत गरे ।

माओबादी केन्द्र कपिलवस्तु नगर समितिको घोषण पत्र (पुर्णपाठ)

प्रकाशित : १० बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६