ब्रेकिंग न्युज

हिंसाले समाजलाई दूषित बनाएको छ : शेरचन



बुटवल १० बैशाख : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको बताउँदै यसविरुद्ध पत्रकार महिलाहरु अभियानका रुपमा लाग्नुपर्ने बताएका छन् । संचारिका समूह लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै शेरचनले समाजमा भएका लैंगिक हिंसा र असमानता विरुद्ध निरन्तर समाचार लेख्न सञ्चारकर्मीलाई सुझाब दिए । पत्रकार महिलाले फरक खालका समस्या भोग्नुपर्ने र व्यवसायमा निरन्तरता दिन समस्या पर्ने भएकाले उनीहरुको सीप र क्षमता विकासमा राज्यले लगानी गर्नुपर्ने पनि उनले बताए ।

कार्यक्रममा प्रदेश कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले सामाजिक न्याय, लैंगिक र महिलामैत्री समाज निर्माणका लागि संचारमा महिलाको दरिलो उपस्थिति हुनुपर्ने बताइन् । उनले संविधान अनुसार शासन सत्तादेखि सरकारका हरेक संरचनामा महिलाको संख्या बढाउन, महिला मैत्री नीति कार्यक्रम ल्याउन पत्रकार महिलाहरुले संचारबाट वकालत गर्न समेत आग्रह गरिन् ।

लुम्बिनी प्रदेश उपसभामुख कृष्णी थारुले संविधानले महिलालाई दिएको अधिकार समेत खोस्ने काम भएको बताउँदै त्यसका विरुद्ध आवाज उठाउन आग्रह गरिन् । उनले गठबन्धनका नाममा स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एक महिला हुने अवसर खोसिन लागेको बताउदै रोक्न पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताइन् ।

प्रकाशित : १० बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६