प्रदेश

कपिलवस्तुका सबै स्थानिय तहमा उम्मेद्वारी दर्ता, कुन पालिकामा कसका उम्मेद्वार कस्ता ?




कपिलवस्तु, १२ वैशाख ।
बैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कपिलवस्तुमा आइतबार र सोमबार उम्मेद्धारहरुले आफ्नो नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालयले जिल्लाका दशवटै पालिकाका केन्द्रहरुमा स्थापना गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तामझामका साथ उम्मेद्धारी दर्ताका लागि पुगेका राजनितिक दल तथा स्वतन्त्र उम्मेद्धारहरुले आज साँझ पाँच बजे सम्म आफ्नो उम्मेद्धारी दर्ता गराएका हुन ।

कपिलवस्तुमा मख्य राजनितिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी सहित लोकतान्त्रिक समाजवादी पार्टी लगाएतका २१ दल आगामी निर्वाचनमा जाने गरी दर्ता भएका थिए भने स्वतन्त्र उम्मेद्धारी दिनेहरुको संख्या पनि ठूलो रहेको छ । कपिलवस्तुमा राजनितिको केन्द्र मानिएको बाणगंगा नगरपालिकामा विभिन्न राजनितिक दलहरु सहित स्वतन्त्र उम्मेद्धारहरुले आज मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कपिलवस्तुमा नेकपा एमालेले जिल्लाका १० वटै स्थानिय तहमा पार्टीको तर्फबाट उम्मेद्वारी दर्ता गरेको जनाएको छ । नेकपा एमालेबाट जिल्लाको बाणगंगा नगरपालिकाको नगर प्रमुखमा चक्रपाणी अर्याल, उपप्रमुखमा रिता थारुले उम्मेद्धारी दर्ता गराउनुभएको छ । यस्तै कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमामा डा.राजेश कुमार गुप्ता र उपप्रमुखमा तुल्सादेवी पाण्डे, बुद्धभूमि नगरपालिकाको प्रमुखमा पिताम्बर खनाल र उपप्रमुखमा मञ्जु थारु, शिवराज नगरपालिकाको नगर प्रमुखमा महादेव पोख्रेल र उपप्रमुखमा शिव कुमारी थारुले उम्मेद्धारी दर्ता गराउनुभएको छ । यस्तै कृष्णनगर नगरपालिकाको नगर प्रमुखमा कुनाल प्रताप शाह र उपप्रमुखमा विम्लेश मौया, महाराजगञ्ज नगरपालिकाको नगर प्रमुखमामा रामदास चौधरी र उपप्रमुखमा धानमति यादवको उम्मेद्धारी दर्ता भएको छ ।

यस्तै गाउँपालिका तर्फ एमालेबाट कपिलवस्तुको विजयनगरमा अध्यक्षका लागि गोपाल बहादुर थापा र उपाध्यक्षमा लक्ष्मी थारु, शुद्धोधन गाउँपालिकाको अध्यक्षमा बिनोद चौधरी, उपाध्यक्षमा जलिमुन्निसा मुसलमान, मायादेवी गाउँपालिकाको अध्यक्षमा जगरनाथ कुर्मी , उपाध्यक्षमा भिमा कमारी पासी, यशोधरा गाउँपालिकाको अध्यक्षमा शिवराज तिवारी र उपाध्यक्षमा गुुन्जा मौर्याको उम्मेद्वारी मनोनयन दर्ता गरिएको एमाले कपिलवस्तुले जनाएको छ । त्यस्तै जिल्लाका १० वटै स्थानिय तहका वडा अध्यक्ष तथा वडा सदस्यमा समेत उम्मेद्वारी दर्ता गरिएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

यसैबिच उता सत्तारुढ दल नेपाली कांग्रेसका तर्पmबाट बाणगंगामा मेयर पदका लागि रबिराज आचार्य र उपमेयरका लागि तारावती चौधरीको उम्मेद्धारी परेको छ भने बुद्धभुमि नगरपालिकामा मयर पदमा केशव कुमार श्रेष्ठ र उपमेयरमा मिरा थारु, कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिँहको उम्मेद्धारी परेको छ भने उपमेयर मा नसिंम खातुन रहेको नेपाली कांग्रेसले जनाएको छ । यस्तै शिवराज हुमाकान्त खनाल मयेर र उपमेयरमा शारदा कार्की, कृष्णनगरमा मेयरका लागि रजतप्रताप शाहको उम्मेद्धारी दर्ता भएको छ भने गाउँपालिका तर्फ विजयनगरमा रसिद मुसलमान अध्यक्ष र उपाध्यक्षमा निसा थारु, यशोधरामा अध्यक्षका लागि अनुप पाण्डेय र उपाध्यक्षमा बृन्दावती यादवको उम्मेद्धारी परेको छ । यस्तै मायादेवी गाउँपालिका अध्यक्षका लागि कांग्रेसबाट ओली उद्धिन र उपाध्यक्षमा सरस्वती यादवको उम्मेद्धारी दर्ता भएको छ भने शुद्धोधन गाउँपालिकामा अध्यक्षका लागि रामनयन यादव र उपाध्यक्षका लागि शुधादेवी पाण्डेयको उम्मेद्धारी परेको जनाइएको छ । यस बाहेक दलहरुमा बिद्रोह गर्दै विभिन्न नेता तथा कार्यक्रताहरुले बाघी उम्मेद्धारी पनि दर्ता गराएका छन् ।

यता कपिलवस्तुको बाणगंगामा कांग्रेस र एमाले एक्ला एक्लै निर्वाचनमा जाने गरी उम्मेद्धारी दिएका छन भने माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चा चुनावी मैदानमा होमिएको छ । चारदलीय मोर्चाका तर्फबाट बाणगंगाको मयर पदमा माओवादी केन्द्रका नेता देवराज अर्यालले उम्मेद्धारी दर्ता गराउनुभएको छ भने उप मेयरमा नेकपा एकिकृत समाजवादीका कमल भट्टराईको उम्मेद्धारी दर्ता भएको माओवादी केन्द्रका नेता लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

यसैबिच नेकपा एमाले बाणगंगा ९ का प्रभावशाली नेता कुमार मधु बेल्वासेले चारदलीय मोर्चाका तर्फबाट वडा अध्यक्ष पदमा आफ्नो उम्मेद्धारी दर्ता गराउनुभएको बताइएको छ । यस्तै बाणगंगाका अन्य वडामा पनि एमालेका पुराना नेताहरुले बाघी उम्मेद्धारी दिएको बताएको छ भने कतिपयले पार्टी परित्याग गरी अन्य दलबाट उम्मेद्धारी दर्ता गराएका छन् ।

यस्तै शिवराज नगरपालिकामा नेकपा (माओवादि केन्द्र) र नेकपा एकीकृत समाजबादी बिच चुनावी गठबन्धन गरि जाने निर्णय भएको छ । एकीकृत समाजबादीको तर्फबाट केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री मेयर पदमा र उपमेयर पदमा माओवादी केन्द्र लुम्बिनी प्रदेस सदस्य दोर्ण बहादुर पुनले उम्मेदवारी दिने गरि चुनावी तालमेल भएको छ ।

यता बाणगंगा नगरपालिकामा साँझ ६ः ३० सम्मको तथ्याङ्क अनुसार १२७ जनाको उम्मेद्धारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत टेकराज अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार उम्मेद्धारी दर्ता प्रक्रिया सकिएपछि राति अबेर सम्म भए पनि नामावली प्रकाशन गर्ने गरी काम भइरहेको छ ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६