प्रदेश

एमाले नेता कुमार मधु बेल्वासेले दिए बाणगंगा ९ को वडा अध्यक्षमा माओवादीबाट उम्मेद्वावारी



कपिलवस्तु,१२ वैशाख । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष पदमा नेकपा एमालेको टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका एमाले नेता कुमार मधु बेल्वासेले माओवादी केन्द्रको तर्फबाट सोमबार उम्मेद्धारी दर्ता गराउनुभएको छ ।

नेकपा एमालेले बाणगंगा ९ को आगामी वडा अध्यक्षका लागि नेता कमल पौडेलको नाम शिफारिस गरेपछि टिकट वितरण न्यायोचित नभएको भन्दै बेल्वासेले स्वतन्त्र उम्मेद्धारी दिने तयारी गरिरहेका बेला सोमबार चारदलीय गठबन्धन भित्रको दल माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा आफ्नो उम्मेद्धारी दर्ता गराउनुभएको माओवादी केन्द्रका नेता लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

यस अघि माओवादी केन्द्रले वडा अध्यक्ष पदका लागि नेता ठाकुर प्रसाद खनाललाई अगाडी सारेको थियो ।
आफु सँगै एमाले भित्र असन्तुष्ट अन्य कार्यक्रताहरु सहित निर्वाचन कार्यालयमा पुगेका बेल्वासेले सोमबार उम्मेद्धारी दर्ता गराउनुभएको छ ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६