प्रदेश

बाणगंगाको मेयरमा ७ जाना र उप मेयरमा २ जानाको स्तवन्त्र उम्मेद्वारी



कपिलवस्तु, १३ वैशाख ।
कपिलवस्तुको वाणगंगामा १२ जनाले मेयर पदमा उम्मेद्वारी दिएका छन् । आसन्न बैशाख ३० गतेको निर्वाचन अन्तरगत आइतबार र सोमबार उम्मेद्वारको मनोनयन दर्ताको समयमा १२ जनाले मेयर पदमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

निर्वाचन कार्यतालिका अन्तरगत मंगलबार दाबी, विरोधको समय छ । वाणगंगाको निर्वाचन कार्यालय गजेहडाले उम्मेद्वारी दर्ताको नामावली टाँस गरेको छ । जस अन्तरगत १२ जना मध्ये ५ जनाले दलको तर्फबाट र ७ जनाको स्वतन्त्रबाट मेयरमा उम्मेद्वारी परेको हो ।

नेपाली कांग्रेसबाट रविराज आचार्यले मेयरको उम्मेद्वारी दिएका छन्, भने नेकपा (एमालें)बाट चक्रपाणी अर्यालको मेयर पदमा उम्मेद्वारी परेको छ । माओवादी, समाजवादी, जनमोर्चा र जसपा गठबन्धनबाट माओवादी केन्द्रका देवराज अर्यालले मेयरमा उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै राप्रपाबाट सीताकुमारी थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट दल बहादुर नेपालीले मेयर पदमा उम्मेद्वारी दिएका छन् । यी बाहेक अरु भने स्वतन्त्र उम्मेद्वार हुन् । जसमा एमालेका जन्जिर प्रसाद थारु, कांग्रेसका सूर्य प्रसाद बराल, कांग्रेसकै रविन्द्र प्रसाद नेपाल, एमालेका मिलन श्रेष्ठ, कांग्रेसका कृष्णप्रसाद भट्टराई, जनमोर्चाबाट हिमलाल वाग्ले र गिरिराज पौडेलले मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
उपमेयर तर्फ भने ७ जनाको उम्मेद्वारी परेको छ । जसमा ५ जना दलबाट छन् भने २ जना स्वतन्त्रबाट छन् ।
उपमेयरमा कांग्रेसबाट तारावती चौधरी, एमालेबाट रिता थारुको उम्मेद्वारी परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका कमल भट्टराईले उम्मेद्वारी दिएका छन् । राप्रपाबाट दिल्लिराम शर्मा, राष्ट्रिय मुक्ति आन्दोलनबाट खुना विकले उम्मेद्वारी दिएका छन् । यस्तै स्वतन्त्रबाट कांग्रेसकी इन्दिरा तिमिल्सीनाले उम्मेद्वारी दिएकी छिन् । वडा नं. ६ भगलापुरकी सृजना पोख्रेलले पनि स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेकी छिन् ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६