प्रदेश

पालिका चुनावका लागि एक लाख ४० हजारभन्दा धेरैको मनोनयन दर्ता



काठमाण्डौ, १३ वैशाख । आउँदो ३० गते हुने पालिका चुनावका लागि एक लाख ४० हजारभन्दा धेरैको मनोनयन दर्ता भएको छ ।निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक लाख ४१ हजार ४ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरमा तीन हजार ३ सय १८‚ उपमेयरमा दुई हजार ३६‚ अध्यक्षमा तीन हजार ३ सय ६ र उपाध्यक्षमा दुई हजार ३ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै‚ वडाध्यक्षमा ३३ हजार १ सय ११‚ महिला सदस्यमा २४ हजार २ सय ८३‚ दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र वडा सदस्यमा ५१ हजार ९२ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेशगत रूपमा सबैभन्दा बढी मधेसमा ३६ हजार २ सय ७५ र सबैभन्दा कम सुदूरपश्चिममा ११ हजार ७ सय ६२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै‚ प्रदेश९१ मा २२ हजार १ सय ९४‚ वाग्मतीमा २३ हजार ६ सय ५४ र गण्डकीमा १२ हजार ३ सय १४‚ लुम्बिनीमा २२ हजार ४ सय २१ र कर्णालीमा १२ हजार ८ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारको विरोधमा आज दाबी विरोधको उजुरी दिन सकिने छ । भोलि र पर्सि उजुरीमाथि जाँचबुझ गरिने र १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।१७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६