प्रदेश

निर्विरोध भए चितवनका दुई वडा सदस्य



चितवन, १३ वैशाख

चितवनमा दुई सदस्य निर्विरोध भएका छन्। इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ बाट दलित महिलातर्फकी उम्मेदवार दुर्गा सार्की प्रजा निर्विरोध भएकी हुन्। निर्वाचन अधिकृत ईश्वर आचार्यले उक्त पदमा एमालेकोतर्फबाट दुर्गाको मात्रै उम्मेदवारी परेको जानकारी दिए।

सोही पदमा कालिका नगरपालिकामा २२ वर्षकी चमेली सुनार पनि सर्वसम्मत भएकी छन् । उनी नेपाली कांग्रेसकी उम्मेदवार हुन्। इच्छाकामनामा गठबन्धनको तर्फबाट कांग्रेसकी गीताकुमारी गुरूङ अध्यक्ष र माओवादी केन्द्रका प्रताप गुरूङ उपाध्यक्ष पदमा उम्मेदवार छन्। एमालेले भने अध्यक्षमा दानबहादुर गुरूङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेदवार बनाएको छ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६