समाचार

बाणगंगा वडा नं. ८ मा एमालेको ५ सय ५५ सदस्यि चुनावि प्रचार प्रशार समिति गठन




कपिलवस्तु, १३ वैशाख ।
यहि बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि बाणगंगा नगरपालिका वडा नं. ८ एमाले वडा कमिटिले चुनाव प्रचार प्रशार मुल समिति गठन गरेको छ । वडा कमिटिले टुकलाल गैरेको संयोजकत्वमा ५ सय ५५ सदस्यि चुनावि प्रचार प्रशार समिति गठन गरेको हो । समितिको निर्देशन अनुसार वडामा प्रचार प्रशार टोलिले क्रियाकलाप गर्ने बताईएको छ । आईतवार र सोमवार गरि विभिन्न राजनितिक दलहका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ को एमाले तर्फका उम्मेद्वारको जुझारु टिमले मनोनयन दर्ता गरेर प्रचार प्रशारमा लागेका छन् । नगरकै कान्छो वडाध्यक्षको उम्मेद्वार बाबुराम अर्याल सहित महिला सदस्यमा जुना देवी थारु, दलित महिला सदस्यमा शारदा परियार र खुल्ला सदस्यहरुमा शैलेन्द्र बेल्बासे, विश्वास जिसी गरि ५ जनाको सक्रिय टिम रहेको छ । वडाको मुहार फेर्नका लागि ५ जनाको टिम लागिपर्ने वडाध्यक्ष पदका उम्मेद्वार अर्यालले बताउनुभयो । विशेष गरि नगरमै युवा टिम रहेकाले यो जुझारु टिमले वडालाई समृद्ध बनाउन विशेष भुमिका खेल्ने वडावासीले अपेक्षा गरेका छन् ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६