कपिलवस्तु, वैशाख १४
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले समुदायको समृद्धि र शुसासनका निम्ति सूर्य ध्वजावाहक उम्मेद्वारलाई विजयी बनाउन आग्रह गर्नु भएको छ । जिल्ला अध्यक्ष शर्माले नेकपा (एमाले) वाणगंगा वडा नं. ७ को कार्यकर्ता भेलालाई बनगाईमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । अध्यक्ष शर्माले पार्टीका आन्तरिक विषयवस्तुलाई पार्टीको विधि, पद्धतीबाट हल गरिने जिकिर गर्दै सबै पार्टी कार्यकर्तालाई एकिकृत ढंगले निर्वाचनमा खटिन आग्रह गर्नु भयो । सोही भेलामा एमाले लुम्बिनी प्रदेशका सल्लाहकार आत्मराम आचार्य, एमाले जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासे, एमाले जिल्ला कमिटी सदस्य टोप बहादुर थापा, एमाले बाणगंगा नगर सचिव एवम् वडा नं. ७ का वडा अध्यक्षका उम्मेद्वार विष्णु गिरी, भिम थापा, गणेश परियार, लगायतले मन्तब्य राख्नु भएको थियो । भेलाले वडा अध्यक्ष प्रताप कुमार गिरीको संयोजकत्वमा ५ सय २५ सदस्यि निर्वाचन परिचालन समिति गठन गरेको जनाएको छ ।
वडा अध्यक्ष प्रताप कुमार गिरीको अध्यक्षता, वडा सचिव हरिशंकर पौडेलको संचालनमा सम्पन्न वडा भेलामा एमालेका विभिन्न तहका पार्टी तथा जनवर्गिय संगठनका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको एमाले वडा नंं. ७ ले जनाएको छ ।
१४ बैशाख २०७९, बुधबार
प्रतिक्रिया